Nepal Times
Nepal Times
45
Shares

एमालेकी बिनकुमारी थापा गण्डकीको उपसभामुखमा निर्वाचित

एमालेकी बिनकुमारी थापा गण्डकीको उपसभामुखमा निर्वाचित

०२ माघ ,काठमाण्डौ ।

गण्डकी प्रदेश सभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन्। थापाले ३२ मतसहित निर्वाचित भएकी हुन् । सभामा ५८ जना सांसद उपस्थित थिए । प्रदेश सभाको उपसभामुख पदको लागि नेपाली कांग्रेसबाट पार्वती गुरुङ पनि उम्मेदवारी दिएकी थिइन् । उनको मत विभाजन भएन । थापाले उपसभामुख बहुमत ल्याएपछि गुरूङको मत विभाजन गर्न नपरेको हो ।

सोमबार नेपाल सरकारले सार्वजनिक बिदा दिएपनि संविधान अनुसार आज उपसभामुखको निर्वाचन भइसक्नुपर्ने थियो । संविधानअनुसार पहिलो संसद सञ्चालन भएको १५ दिनमा सभामुख र उपसभामुखको निर्वाचन भइसक्नु पर्छ । पुस ३० गते कृष्णधिताल सभामुखमा निर्वािचत भइसकेका छन् । सोही अनुसार आज सार्वजनिक बिदा भएपनि प्रदेशसभा सञ्चालन गरेर उपसभामुखको निर्वाचन गरपएको प्रदेशसभाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.