Nepal Times
Nepal Times
90
Shares

जुम्लामा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

जुम्लामा जीप दुर्घटना हुँदा १ जनाको  घटनास्थलमै मृत्यु, ९ जना घाइते

०२ माघ,काठमाण्डौ।

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.