Nepal Times
Nepal Times
3
Shares

२३ सदस्यीय प्रचण्डको टिम कस्तो छ ?

२३ सदस्यीय प्रचण्डको टिम कस्तो छ ?

३ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् । अब प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ । सत्ता साझेदार दलहरुबाट नेकपा एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका हुन् ।

माओवादी, रास्वपा र राप्रपाले एक÷एक राज्यमन्त्री पाएका छन् । जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा, जलस्रोत मन्त्रीको शपथ लिएका हुन् । अब उनीसहित प्रचण्डको सरकारमा उपप्रधानमन्त्री मात्रै चारजना पुगेका छन् ।

यसैगरि राप्रपाबाट बिक्रम पाण्डे सहरी विकासमन्त्री र ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् । यस्तै माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् ।

हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीले शपथ लिएकी छन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

यस्तै जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको पनि शपथ लिएका छन् । पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । सो बेला प्रचण्डले तीन उपप्रधानमन्त्री तथा चार मन्त्री बनाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.