Nepal Times
Nepal Times
3
Shares

चार दिनपछि खुलेको सेयर बजार नेप्सेमा ३२ अंकको वृद्धी

चार दिनपछि खुलेको सेयर बजार नेप्सेमा ३२ अंकको वृद्धी

३ माघ , काठमाडौं ।

चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा ३२ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ५.१२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको उपसूचक ५.०३ प्रतिशतले बढेको छ ।

यस्तै, फाइनान्स समूहको उपसूचक ३.६० प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.०७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६६ प्रतिशतले र अन्य समुहको उपसूचक २.८५ प्रतिशतले बढेको छ ।आज बैंकिङ समूहको उपसूचक भने सामान्य ९०.२९ प्रतिशतले घट्न पुगेको छ ।

३२ अंकमाथिले नेप्से बढेको यस दिन कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।आज ग्रीन भेन्चस् लि, आदर्श लघुवित्त वित्तीय संस्था लि र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.