३ माघ, काठमाण्डौ ।
कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन भएको छ । मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी हुन् ।
न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेकी छन् । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी हुन् ।
प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुददा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन । उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे बिरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन ।
उनले आफू काका ससुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको बताइन । त्यस्तै प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन ।
उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताएकी छिन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ ।