उच्च हिमाली क्षेत्रमा हिमपात सम्भावना / सर्तकता अपनाउन आग्रह

२ माघ ७९, मंगलबार

३ माघ,काठमाडौं ।

हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।

Advertisement

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४।५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।यस्तै भोलि बुधबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहनेछ।

Advertisement

गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top