३ माघ, काठमाण्डौ ।
यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खोजी कार्य जटिल भएपछि सेती नदीको पानी घटाइएको बताए ।
उनका अनुसार सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।नदीको पानी घटाइएसँगै आज गोताखोरसहित ड्रोनको प्रयोग गरिएको छ । ड्रोन प्रयोग गरी सोमबार २ जनाको शव फेला पारिएको थियो ।
दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।