×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

३ माघ २०७९

३ माघ, काठमाण्डौ ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले इन्जिनयर साहलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement

सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।यता सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय इटहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top