पदले तनाव दिएपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीको राजीनामा

३ माघ, एजेन्सी ।
पद र कुर्सीका लागि मरिहत्ते गर्ने हाम्रो जस्तो राजनीतिक संस्कारलाई गतिलो सन्देश दिने गरी युरोपेली राष्ट्र न्युजिल्याण्डकी लोकप्रिय प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने भएकी छन् । उनले आफूलाई सो जिम्मेवारीका कारण मानसिक तनाव भएको बताउँदै आगामी फेब्रुअरी ७ मा स्वैच्छिक रुपमा राजीनामा दिने घोषणा गरेकी हुन् ।

उनले आज एक कार्यक्रममा सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी हुन् । उनको कार्यकाल अब सकिँदै छ । अर्काे निर्वाचनमार्फत पुनःप्रधानमन्त्री बन्ने मौका भएपनि उनले त्यसो नगर्ने भएकी हुन् । ‘पदमा रहेर विगत ६ वर्षदेखि सबै ठूला चुनौति झेलिरहँदा मैले मेरो लागि पनि समय छुट्याएँ । म पनि मानिस हुँ । राजनीतिकर्मी पनि मानिस हुन् ।

‘ राजीनामाको घोषणाका क्रममा उनले भनेकी छन्,’ त्यसैले मैले घोषणा गर्छु, प्रधानमन्त्रीका लागि म पुनः चुनावमा आउदिनँ । मेरो कार्यकाल फेब्रुअरी ७ सम्म मात्र हो । ‘ बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् ।

Advertisement

साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यावसायिक रूपमा कुनै योजना छैन नभएको समेत प्रस्ट पारेकी छन् । न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ । सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डेन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।

उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्यूजील्याण्डलाई नेतृत्व गरेकी थिइन् । राजीनामा पछि उनले परिवारलाई समय दिने बताएकी छिन् । ‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकाको साथ जिम्मेवारी आउँछ।

त्यस्तो जिम्मेवारी जसले कहिले तपाईं नेतृत्वको लागि सही व्यक्ति हुनुहुन्छ र कहिले हुनुहुन्न भन्ने कुरा तपाईँलाई थाहा दिन्छ,’ उनले भनेकी छन्। उनले अगाडि थपिन्, ‘मलाई थाहा छ यो जिम्मेवारी पूरा गर्न के चाहिन्छ र मलाई थाहा छ कि मसँग अब यस जिम्मेवारीमा बसेर न्याय गर्न पर्याप्त क्षमता छैन। यो एकदम सरल कुरा हो।’

उनले चुनाव सहजरूपमा जितिने भए पनि नयाँ चुनौतीका लागि नयाँ पाखुराहरू चाहिने हुनाले आफूले छाड्ने बताएकी छिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top