Nepal Times
Nepal Times
3
Shares

केएमसीले ललितपुरको खुमलटारमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

केएमसीले ललितपुरको खुमलटारमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

५ माघ,काठमाण्डौ ।
काठमाडौं मेडिकल कलेजले ललितपुरको खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत लामो समयदेखि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको केएमसीले सो अभियानलाई निरन्तरता दिदै ललितपुर महानगरपालिका वडा नं. १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

स्थानीय लाइफलाइन होम केयरसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५६१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ३७ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण र १०१ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिँदा १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत आम सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले बताएका छन् ।

तत्कालीन केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । यसअघि गत हप्ता मात्रै केएमसीले भक्तपुर तथा काभ्रेका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिवि। सम्पन्न गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.