अभियुक्त सांसद पक्राउ नपरेपछि रविमाथि दबाब

४ माघ ७९, बिहीबार

५ माघ, काठमाण्डौ ।
हत्याको अभियोग लागेका सांसद संसदमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाचार सार्वजनिक भएपछि गृहमन्त्री रवि लनामिछानेले तत्काल अभियुक्त सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न निर्देशन दिए ।

Advertisement

तर गृहमन्त्री लामिछानले दिएको निर्देशनको एक हप्ताभन्दा बढी समय भईसकेपनि कोइरी अझै पक्राउ नपरेपछि यो विषयले संसदमा पनि प्रवेश पाएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि गृहमन्त्री रवि लामिछानेले यसको जवाफ दिएका छन् ।

उनले प्रक्रिया पु¥याएर अभियुक्त सांसदलाई पक्राउ गरिने बताएका छन्। संसद् बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। कसैको दबाब र प्रभावमा नपरी कानुनको परिधिमा रहेर आफूले काम गर्ने उनले बताए। उनले भने, ‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ। उहाँलाई पक्रन माननीय भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर एक कदम बाहिर जाँदैन।

Advertisement

यसको ग्यारेन्टी म यहीबाट गर्न चाहन्छु। त्यसको प्रक्रिया भएकाले कसैको दबाब र प्रभावमा पर्दैन।’ अपराध नियन्त्रणमा गृह मन्त्रालय कसैको दबाबमा टसमस नहुने बताए। सांसद खतिवडाले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीतर्फ इंगित गरेर फरार अभियुक्त भनेका थिए।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा खतिवडाले उनले सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै आपत्ति जनाएका थिए। हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको आफूले सुनेको भन्दै उनले उनीको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेरमात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरेका थिए ।

Advertisement

खतिवडाले प्रश्न गर्दै भने, ‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुने बेलामा यस संसदमा हत्याको अभियोग लागेका सांसद पनि यही भित्र छन् भन्ने सुनिन आएको छ। सभामुख महोदय, म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी चिन्दैनौं उहाँ यहाँ भित्र हुनुहुन्छ वा हुनुहुन्न। यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु।

’महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।गृहमन्त्री रवि लामिछानेले पटक पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top