×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘भाइरल’ गजल “के लत बस्यो”कसरी बन्यो ?

५ माघ २०७९

५ माघ, काठमाण्डौ ।

के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ

Advertisement
Advertisement

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । सामाजिक संजाल फेसबुक ट्विटर, टिकटकमा भाइरल बनिरहेको शास्त्रीय संगीतको धुनमा रहेको यो गीतले लाखौं मानिसको मन जितिरहेको छ।

न मनोरम दृश्यसहितको म्युजिक भिडियो नत चर्चित कलाकारको अभिनय तैपनि गीतको भिडिओ युट्युबमा ६ दिनमा ८ लाख ४८ हजार भन्दा बढी पटक हेरिएको छ। यो गजल सुनेपछि यसको प्रशंसा गर्दै सामाजिक संजालमा आफ्ना प्रतिक्रिया र टिप्पणीसहित विचार राख्नेहरु बढिरहेका छन् ।

पेलाको गायन हृदयस्पर्शी भएर एक कान–दोकान भइरहेको छ। कतिपयले आफूले एक हजारपल्ट सुनिसकेको दाबी गरेका छन्। जतिपल्ट सुन्यो, त्यति मोहनी लगाउने उनको मखमली आवाजमा जादु छ। खासमा यो उनी आफैं गाएर रेकर्ड गर्न चाहेका थिएनन्। रेकर्ड गर्ने कुरा भएपछि आफ्ना चेला कमल विष्टलाई गायनका लागि अघि सारेका हुन्।

केही समयअघि नाचघरमा भएको ‘गजल मुशायरा’मा यो गीत विष्टले नै गाएका हुन्। उक्त कार्यक्रममा ८ वटा गजल गाइएका थिए। जसको संगीत निर्देशन पेलाले गरेका थिए। गाउने ८ जना गायक अरु नै थिए। गजलकार डा प्रदीपकुमार मैनालीले लकडाउनका बेला पेलाको स्वरको परख गरेका थिए।

लकडाउनको समयमा संगीत साधनाका क्रममा पेलाका स–साना भिडियो सामाजिक सञ्जालमा देखिए। त्यही भिडियो देखेर गजलकार रवि प्राञ्जलमार्फत् डा भट्टराई पेलासम्म पुगेका थिए। पेलाको आवाजको पारखी बनिसकेका गजलकार मैनालीले उनकै स्वरमा रेकर्ड गराउन जोडबल गरे।

त्यही जोडबलले पेलाको आवाज २५ वर्षपछि फेरि आम–तमाम स्रोतमाझ पुगिरहेको छ। गजलका बारेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी लेख्छन्, ‘खाँटी सृजना, स्वर र साधक कहिल्यै ओझेल पर्दैनन् । बरु कर्कस चिच्याहटहरु कुनै कालखण्डमा हाबी भएको देखिन्छ ।

तर यो सत्य हो कि केबल आफू मात्र बाँच्ने कि संगीत सिर्जना पनि बचाउने त्यो अत्यन्त महत्वपूर्ण चिन्तन हो । हार्दिक बधाई धन्यवाद यो साधना शिल्पी र स्वरका लागि श्रद्वेय श्रष्टाज्यूहरुमा ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् ।

रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ । लोक, पप, ¥याप र आधुनिक गीतले नेपाली संगीत क्षेत्रमा वर्चश्व जमाइरहेका बेला शास्त्रीय संगीतमा गाइएको यो गजल ‘भाइरल’ भइरहेको छ।

गीतका शब्दमात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंह पेलाको स्वरको मधुरतालाई धेरैले तारिफ गरिरहेका छन्। काठमाडौंको सानो भ¥याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ ।

प्रेमसिंह २०३२ मंसिरमा बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका हुन्। उनका बुवा भारतीय सेनाबाट अवकाश भएका थिए। उनीअघि तीन जना दाजु थिए। तिलकसिंह ६ वर्षको हुँदा प्यारलाइसिसका कारण उनका बुवाको निधन भएको थियो ।

Advertisement

अहिले संगीतमा लागेको वर्षौंपछि आफूलाई मन परेको गीत स्रोतालाई पनि मन परेपछि तिलकसिंह दंग छन्। आफ्नो गायकीलाई मन पराउनेहरूलाई निराश नपार्ने उनको योजना छ। उनले आगामी दिनमा आफूले पाएको ज्ञान बाड्ने उद्धेश्यले एउटा पुस्तक पनि निकाल्ने तयारी गरेका छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top