७ सय बढी राहदानीसहित गोंगबुको होटलबाट तीन जना पक्राउ

४ माघ ७९, बिहीबार

५ माघ, काठमाडौं ।
काठमाडौंको गोंगबुबाट ७ सय बढी राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।बुधबार साँझ साढे ६ बजे प्रहरीले काठमाडौं महानगरपालिका २६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका ३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजंग खड्का, सिन्धुली कमलामाई घर भई मित्रनगर बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका ९ घर भई मित्रनगर बस्ने ३८ वर्षीय मिनबहादुर सोम्रे छन्।

होटल सोना र पल्लीकोटबाट ७३१ वटा राहदानीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूले ती होटलमा शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

Advertisement

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।ती राहदानी कसका हुन् र के प्रयोजनका लागि संकलन गरेको भन्नेबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top