प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक प्रदेशसभामा पेश

१२ भदौ ७५, मंगलबार
Share this
727shares

विराटनगर,भदौ १२
प्रदेश नम्बर १का सांसदहरुले स्थानीय तहहरुले जथाभावी कर लगाउँदा संघीयताकै बद्नाम भएको भन्दै करमा एकरुपता हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक माथिको छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् ।

Advertisement

नेपाली कांग्रेसका सांसद ओमप्रकास सरावगीले एउटै विषयमा केन्द्र प्रदेश र स्थानिय तहले कर लगाउने अवस्था आउन नहुने गरी कानुन निर्माण हुनुपर्ने बताए । कृषि उत्पादनमा कर लगाउनु गलत रहेको भन्दै उनले कृषिमा आत्मनिर्भर बन्ने सरकारी निति सफल बनाउन कृषि उत्पादनमा सहुलियत प्रदान गर्नुपर्नेमा कर लगाउनु उल्टो बाटो भएको दाबी गरे ।

नेकपाका सांसद बुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनका लागि कर उठाउन जरुरी भएपनि प्रदेश भरि त्यसमा एकरुपता कायम गर्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top