७ माघ, एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए ।
अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई ’व्यर्थ’ भनेको छ । डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा फैलाएका र उनको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाएका थिए ।
ट्रम्पले यसका लागि सात मिलियन डलर क्षतिपूर्ति मागेका थिए । तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो । एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो । यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपीलमा बिहीबार आएको हो ।
उक्त मुद्धामा बोल्दै न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टरमाइन्ड भएका उनको मुद्दा बेअर्थको भएको बताए । उनले यसको पछाडि राजनीतिक उद्देश्य मात्र रहेको उल्लेख गरे ।