Nepal Times
Nepal Times
198
Shares

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३ वर्षमा चौथो विवाह गरे

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३ वर्षमा  चौथो विवाह गरे

८ माघ, एजेन्सी ।
निल आर्मस्ट्रङपछि चन्द्रमामा पाइला टेक्ने दोस्रो ब्यक्ति हुन् बज एल्ड्रिन । अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य एल्ड्रिन अहिले ९३ वर्षका भए । उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए ।

बज चन्द्रमामा पाइला टेकेका चार व्यक्तिमध्ये एक मात्र जीवित व्यक्ति हुन् । अहिले तिनै एल्ड्रिन एकाएक फेरि चर्चामा छन् । त्यसको कारण भनेको उनको चौथो विवाह हो त्यो पनि ९३ वर्षको उमेरमा । बज एल्ड्रिनले यो विवाह लस एन्जलसमा गरेका हुन् ।

बज एल्ड्रेनले आफू र आफ्नी नयाँ दुलही एनका युवाजस्तै उत्साही रहेको बताए । डा. एन्का ६३ वर्षकी छिन् र केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी छन् । हाल उनी एल्ड्रिनको कम्पनीमा कार्यकारी उपाध्यक्ष छन् । बज एल्ड्रिनले ट्विट गर्दै भनेका छन्, ‘मेरो ९३औं जन्मदिनमा लामो समयदेखि प्रेम गर्ने डा. आन्का फोर र मबीच विवाह भएको घोषणा गर्न पाउँदा म धेरै खुसी छु।’

एल्ड्रिनले आफ्नो र फौरको तस्बिरसहित ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौँ। हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरूजत्तिकै उत्साहित छौँ।’ एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका थिए ।

सन् १९७१ मा नासाबाट अवकाश लिए पनि एल्ड्रिन अन्तरिक्ष अन्वेषणमा सम्लग्न रहँदै आएका थिए । अपोलो ११ अवतरण स्थल नजिकै चन्द्रमामा रहेको क्रेटरको नाम उनको सम्मानमा राखिएको छ । चन्द्रमाको सतहमा आफ्ना चालक दलका सदस्यहरू हिँडिरहेका बेला कमान्ड मोड्युलका पाइलट माइकल कोलिन्सको अप्रिल २०२१ मा र आर्मस्ट्रङ्गको सन् २०१२ मा निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.