Nepal Times
Nepal Times
189
Shares

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानभर अन्धकार

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानभर अन्धकार

९ माघ, एजेन्सी ।
आर्थिक संकटमा डुबेको पाकिस्तान अहिले साँच्चै अन्धकारमा डुबेको छ । पहिले देशमा आटा सकियो, त्यसपछि ग्यास र पेट्रोलको संकट आयो अब बिजुलीविना अन्धकार भएको छ । सोमबार बिहानैदेखि पाकिस्तानको ठूलो भाग अन्धकारमा डुबेको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

क्वेटा र गुड्डु बीचको हाइ–टेन्सन प्रसारण लाइनमा त्रुटिका कारण सोमबार देशका विभिन्न भागहरूमा विद्युत विफलता भएको थियो। पाकिस्तान पहिले नै विद्युत अभाव र लामो लोडसेडिङको सामना गरिरहेको छ। विद्युत बचत गर्न सरकारले ८ बजे बजार बन्द गर्न निर्देशन दिएको छ ।

पाकिस्तानी समाचार वेबसाइट ’दुनिया न्युज’का अनुसार बलुचिस्तानका क्वेटा, इस्लामाबाद, लाहोर, मुल्तान क्षेत्रका सहरहरू र कराँची जस्ता धेरै जिल्लाहरूसहित २२ जिल्लामा विद्युत कटौती भएको छ। लाहोरको माल रोड, क्यानल रोड र अन्य क्षेत्रका मानिसहरूले विद्युत कटौतीको संकटको सामना गरिरहेका छन्।

यस विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । प्रसारण लाइनमा प्राविधिक गडबडीका कारण सिन्ध, खैबर पख्तुनख्वा, पञ्जाब र राजधानीमा विद्युत अवरुद्ध भएको समाचारमा जनाइएको छ । विहान ७ः३४ बजे राष्ट्रिय ग्रिडमा गडबडी भएको जानकारी विद्युत मन्त्रालयले दिएको छ ।

विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताइएको छ । विद्युत् अवरुद्ध हुँदा मेट्रो सेवा पनि प्रभावित भएको छ भने यात्रुलाई सास्ती भएको छ । इस्लामावाद बिजुली आपूर्ति कम्पनीको ११७ ग्रिड स्टेशनहरूमा विद्युत आपूर्ति पनि अवरुद्ध भएको र पूरै शहर तथा रावलपिंडी अन्धकारमा डुबेको छ ।

पाकिस्तानका विभिन्न क्षेत्रका मानिसहरूले सामाजिक सञ्जालमा पावर फेल भएको जानकारी दिइरहेका छन्। अन्धकारमा डुबेको पाकिस्तान धेरै कठिनाइको गहिरो अन्धकारमा डुबेको छ । देशमा गहुँबाली नष्ट भएपछि पीठो महँगो भएको छ ।

जनतालाई पीठो मात्र होइन दाल र तेल पनि किन्न समस्या भइरहेको छ । केही महिनादेखि विद्युत् आपूर्तिको अवस्था नाजुक छ । पाकिस्तान सरकारले लामो विद्युत कटौतीबाट बच्न र बिजुली अभावको सामना गर्न बजारहरू साँझमा नै बन्द गर्न आदेश दिएको छ। पछिल्लो समय डलरको अभावमा विदेशबाट हुने आयात समेत प्रभावित हुने अवस्थामा पाकिस्तान पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.