आज नेप्सेमा १३ अंकको गिरावट

९ माघ,काठमाडौँ ।

आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ । कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुुगेको छ । यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

Advertisement

आज कारोबार भएका १३ समूहमध्ये २ वटा समूहमा मात्रै सुधार आएको छ । बैंक समूह १५.१६ अंकले र म्यूचुुअल फण्ड समूह ०.१० अंकले बढ्नुुबाहेक अन्य कुनै समूहमा सुधार देखिएन । आज विकास बैंक समूह ९१ अंकले घट्दा होटल र टुरिजम समूह ७९ अंकले घटेको छ ।

यस्तै, जीवन बीमा समूह ८७ अंकले र उत्पादनमूलक समूह ७२ अंकले घटेको छ । निर्जीवन बीमा समूह १२३ अंकले घटेको छ भने अन्य समूह २३ अंकले घट्दा व्यापार समूहमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटे पनि आज ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

Advertisement

यस्तै, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस बैंकको सेयर २७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top