×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

एम्बाप्पेको एकै खेलमा ५ गोल, बने पहिलो खेलाडी

१० माघ २०७९

१० माघ, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पेस डे कासललाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पेस डे कासललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई विश्राम दिइएको खेलमा पिएसजीले ७–० को जित दर्ता गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पे गोलको वर्षा गरे । उनी एक्लैले ५ गोल गरे । नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए । खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

Advertisement
Advertisement

३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे । ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा पिएसजी ४–० ले अघि रह्यो । एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल गरे । ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए ।

एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने । थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ । यता फरवार्ड ह्यारी केनको गोल सहयोगमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ ।

टोटेनहमले घरेलु टोली फुलहममाथि १–० को जित दर्ता गरेको हो । केनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा केनले गोल गर्न सफल भएका थिए ।

उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । फुलहमविरुद्धको गोलसँगै केनले क्लबका लागि २६६औं गोल गर्दै टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ताको रुपमा जिमी ग्रीभ्सको कीर्तिमानलाई बराबरी गरेका छन् । २९ वर्षीय इङ्ल्यान्ड फरवार्डले टोटेनहमका लागि ३०० प्रिमियर लिग खेलमा उनको १९९औै गोल हो ।

Advertisement

चेल्सीबाट करियर सुरु गरेका ग्रीभ्सले सन् १९६१ देखि १९७० सम्म स्पर्सका लागि ३७९ खेलमा २६६ गोल गरेका थिए । सन् २०११ मा टोटेनहममा डेब्यु गरेका केनले क्लबका लागि ४१५ खेलमा २६६ गोल गरेका छन् । यस जितसँगै टोटेनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी छोट्याएर पाँचौं स्थानमा यथावत रहेको छ । पराजित फुलहम २१ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top