Nepal Times
Nepal Times
3
Shares

बाजुरामा ५.९ रेक्टरको भूकम्प,दिल्लीसम्म धक्का महसुस

बाजुरामा ५.९ रेक्टरको भूकम्प,दिल्लीसम्म धक्का महसुस

१० माघ, काठमाण्डौ ।
बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन् । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

केही घरहरु भने भत्किएको बताइएको छ । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताएका छन् ।

भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँका भौतिक संरचना क्षति पुगेको विवरणहरु आइरहेका छन् । बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ।

चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ।बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ। बाजुरा बडिमालिका नगरपालिकामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक आएको छ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

संघीय राजधानी काठमाडौंमा प्रतिनिधिसभाको बैठक चलिरहेको बेला भूकम्प गएको अवस्थामा बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यले घटनाको जानकारी सदनलाई गराउँन माग गरेका छन् ।यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.