NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे बुधबार पुस २ , २०८२
फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

मिसन राष्ट्रपतिमा प्रचण्ड र ओली बीच भलाकुसारी

बिहिबार माघ १२ , २०७९
Reading Time: 1 min read
A A
ओली र प्रचण्डबीचको छलफल सकारात्मक रहेकाे दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्रीनिवास बालुटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटका क्रममा आसन्न राष्ट्रपति निर्वाचन, प्रदेश सरकारको पूर्णता लगायतका विषयमा छलफल भएको जनाइएको छ।

एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिका लागि सर्वपक्षीय सहमति खोज्ने बताएपछि एमाले अध्यक्ष ओली प्रचण्डसँग संशकित बनेका छन्। यद्यपि, ओली राष्ट्रपतिको चुनावमा एमालेको उम्मेद्वारमा सहमति हुने दाबी गर्दै आएका छन्।

तर ओलीको दावीका बीच प्रधानमन्त्रीको वचन अनुरुप नेपाली काग्रेसले समेत राष्ट्रपतिमा उम्मेदवारी दिने र दलहरुसँग छलफल गर्ने औपचारिक निर्णय नै गरिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काग्रेस राष्ट्रपतिमा माओवादीबाट सहयोगको अपेक्षामा छ । तर एमालेबाट राष्ट्रपतिमा उम्मेदवारी परे प्रधानमन्त्री र माओवादी नैतिक संकटमा पर्नेछन् ।

LS Auto

त्यही संकट पार लगाउन प्रधानमन्त्री निरन्तरजसो नै एमाले अध्यक्ष ओलीसँग छलफलमा जुटेका छन् । यसअघि सभामुख र उपसभामुखका विषयमा सहमति जुटाउन पनि दुईनेताबीच विभिन्न चरणमा छलफल भएको थियो । अहिले राष्ट्रपतिमा उम्मेदवारी दिने भनेको कांग्रेसका नेताहरुले अहिलेको ७ दलीय गठबन्धन फुटाउने योजनामा नै आफूहरु रहेको बताएपछि सत्तारुढ दल थप सचेत देखिएका छन् ।

तर सत्तारुढ दलभित्र पनि असन्तुष्टि चुलिदै गएको छ । प्रधानमन्त्रीलाई सहयोग गरेका जनमत पार्टी असन्तुष्टिका बीच सरकारमा सहभागि भएको छ भने जसपा र नागरिक उन्मुक्ति पार्टी अझै सरकारमा सहभागि भएका छैनन् । ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले सत्ता–गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ।

गत १० पुसमा माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए। प्रचण्डलाई समर्थन गरे पनि सरकारमा सहभागी हुन आफ्नो पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको सर्त अगाडि सारेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बस्दै आएको छ।

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधि सभाका ४ सिट जितेको उन्मुक्ति पार्टीको सुदूरपश्चिम, लुम्बनी र मधेस प्रदेशमा समेत उपस्थिति छ। सुदूरपश्मिमा त उन्मुक्ति पार्टीले समर्थन नगरेको खण्डमा सरकार नै बन्ने अवस्था छैन। केही दिनअघि सुदूरपश्चिम प्रदेशमा सरकार बन्दा पनि नागरिक उन्मुक्ति पार्टीका कारण अन्योल सिर्जना भएको थियो।

उक्त पार्टीले त्यहाँ पनि आफ्ना नेता रेशम चौधरीको रिहाइको सर्त अगाडि सारेको थियो। पछि उपसभामुख र केही मन्त्री बन्ने गरी सत्ता–गठबन्धनले सहमति भएको हल्ला गरे पनि उन्मुक्ति पार्टीले मुख्यमन्त्री बन्न समर्थन गरेर कुनै पद लिएको थिएन। उन्मुक्ति पार्टीले उपसभामुख नलिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा छुट्टै उम्मेदवारी दिएको छ। यी घटनाक्रमले उक्त पार्टी संघदेखि प्रदेशसम्म वर्तमान सत्ता–गठबन्धनबाट बाहिरिन लागेको संकेत गर्छ।

संघमा सरकारलाई समर्थन र विश्वासको मत दिए पनि प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बस्ने निर्णय गरेको उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा समेत सत्ता साझेदार दललाई नै सघाएको थियो।संसदमा बोल्दै उन्मुक्तिका संसदहरुले आफूहरु प्रतिपक्षी बेन्चमा बसेको र सत्तापक्षको बेन्चमा बस्ने वातावरण बनाइदिन आग्रह गरेका थिए।

२६ पुसमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले चौधरीको रिहाइको लागि पहल गर्ने बताएका थिए। तर उन्मुक्तिले सरकारलाई दिएको समर्थनको एक महिना पूरा भए पनि आफूहरुको माग सम्बोधनमा सरकारले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टि जनाउदै आएको छ । यता, नेपाली कांग्रेसले सभामुखको निर्वाचनदेखि नै नेकपा एस, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग संवाद गरिरहेको छ।

Tags: #प्रचण्ड र ओली#प्रचण्ड र ओली बीच भलाकुसारी#मिसन राष्ट्रपति

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२
एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे
ताजा समाचार

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२
एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.