रोनाल्डोले आज गोल नगरे के होला ?

१२ माघ, एजेन्सी ।
साउदी सुपर कपको सेमिफाइनलमा आज अल इतिहाद र अल नासर आमने–सामने हुँदैछन्। साउदी सुपर कपको फाइनल प्रवेशका लागि साउदी प्रो लिगका प्रतिद्वन्दी क्लबहरु आज राति आमने–सामने हुन लागेका हुन्। अल नासरमा क्रिस्टियानो रोनाल्डोको प्रवेश अघि अन्तराष्ट्रिय संचारमाध्यामका लागि प्रमुख खबरमा स्थान पाउन नसकेको साउदी सुपर कपमाथि अहिले विश्वभरका फुटबल प्रेमीको नजर अडिएको छ ।

Advertisement

रोनाल्डो साउदी आएपछि समग्र यस क्षेत्रमो फुटबललाई नै माथि उकासेको टिपपणी गरिएको छ । यसको पछिल्लो उदाहरण अल नासरले सामाजिक संजालमा पाएको समर्थन एक रहेको छ । रोनाल्डो भित्रिएपछि नासरका समर्थकहरु अनपेक्षित रुपमा बढेका छन् ।

रियादको किंग फहद इन्टरनेशनल स्टेडियममा साउदी सुपर कपको सेमिफाइनलमा अल इतिहादसँग अल नासरको सामना हुनेछ। सो खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। अल इतिहाद विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि खेल्ने उच्च सम्भावना रहेको छ।

Advertisement

रोनाल्डोले आफ्नो नयाँ क्लबका लागि दोस्रो खेलको रुपमा अल इतिहाद विरुद्ध खेल्न सक्नेछन्। रोनाल्डोले यहि आइतबार अल नासरका लागि डेब्यू गरेका थिए। दुई खेलको प्रतिबन्धका कारण साउदी पुगेको केहि समय डेब्यू गर्न नपाएका रोनाल्डोले यहि आइतबार अल एतिफाक विरुद्धको खेलमा डेब्यू गरेका थिए।

रोनाल्डो सो खेलमा चलायमान देखिएका थिए। यधपी उनले सो खेलमा गोल गर्न भने सकेनन्। यसकै कारण सामाजिक संजालमा उनकाविरुद्ध विभिन्न टिप्पणी गरिएको थियो । अल इतिहाद विरुद्ध मैदानमा उत्रँदा रोनाल्डो आज नयाँ क्लबका लागि पहिलो गोल गर्ने दाउमा हुनेछन्।

Advertisement

पहिलो खेलमा गोल गर्न चुकेपनि आज गोल गर्न सकेको खण्डमा रोनाल्डोको गोलको खाता मात्र खुल्ने छैन, केहि नयाँ रेकर्डहरु पनि बनाउन सक्नेछन्। रोनाल्डोले साउदी आउनु भन्दा अगाडी म्यानचेस्टर युनाइटेड, युभेन्टस, रियल म्याड्रिड लगायत क्लबहरुबाट फुटबल खेलेका थिए। युरोपमा हुँदै रोनाल्डोले क्लब फुटबलमा सम्भव सबै उपाधि जितेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top