विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

१३ भदौ ७५, बुधबार
Share this
752shares

काठमाडौँ, भदौ १३
सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहेका छन् ।

Advertisement

केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सकेका अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकड्र्सले प्रमाणीकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालीमसमेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

Advertisement

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । अहिले भारत केरलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकड्र्समा छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top