१५ माघ,एजेन्सी ।
इक्वेटरको पोल्टामा परेको कोपा अमेरिका अब अमेरिकामा हुने भएको छ । इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ ।
कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ । कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो ।
पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो। २०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेवल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोन्काकाफबीच विभिन्न सहमति समेत भएको छ । जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्याइनेछ ।
जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोन्काकफबाट हुनेछ ।टिमको टुंगो २०२३–२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ । आयोजक भएपनि अमेरिकाले पनि छनोट खेल्नुपर्नेछ । अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ । यता अर्जेन्टिनी कप्तान लियोनल मेसीले आउँदो वर्ष हुने कोपा अमेरिका खेल्ने विभिन्न फ्रेन्च मिडियाले दाबी गरेका छन्।
रिपोर्टका अनुसार विश्व विजेता मेसीले कम्तीमा पनि २०२४ सम्म राष्ट्रिय टोलीका लागि खेल्ने विचार गरेका छन्। यदि सबै कुरा मिलेको खण्डमा ७ पटकका बालोन डी’ ओर विजेताले २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप पनि खेल्न सक्ने सम्भावना रहेको बताइएको छ। ३५ वर्षीय स्टारले आफ्नो करियरमा जितेका अवार्ड तथा उपाधि यस्ता छनः–
७ बालोन डी’ओर
६ युरोपेली गोल्डेन बुट
४२ उपाधि
१ विश्व कप
१ कोपा अमेरिका
१ फिनालिसिमा
४ युइएफए च्याम्पियन्स लिग
११ लिग उपाधि
७९४ गोल
३५० असिस्ट
११४४ गोलमा प्रत्यक्ष योगदान
१४७ बक्स बाहिरबाट गोल
२ फिफा विश्वकप गोल्डेन बल
६ फिफा प्लेयर अफ द इयर
३ युइएफए प्लेयर अफ द इयर