Nepal Times
Nepal Times
3
Shares

भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

१५ माघ,काठमाडौं ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नेसक्ने महाशाखाले जनाएको छ।

भोलि सोमबार पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.