एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए

१६ माघ, एजेन्सी ।
एसियाका सबैभन्दा धनी तथा विश्वकै शीर्ष धनीको प्रमुख तेस्रो सूचीमा रहेका भारतका अर्बपति गौतम अडानीको अद्योगति सुरु भएको छ । अमेरिकी रिचर्ज ऐजेन्सी हिन्डनवर्गको अनुसन्धानले भारतका अर्बपति अडानीले ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् ।

अमेरिकाको हिन्डनवर्ग रिसर्चले बुधबार अडानी समूहको बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसको शीषर्क थियो, “कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे ।” हिन्डनवर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान आठौं नम्बरमा पुगेको छ ।

धनीहरूको सूची राख्ने म्यागेजिन फोर्ब्सको रियल टाइम तथ्यांकअनुसार अडानीसँग अहिले ८८ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । रिपोर्ट आउनुअगाडि उनको सम्पत्ति ११८ अर्ब अमेरिकी डलर थियो । फोर्ब्सको तथ्यांकअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति ह्वातै बढेको हो ।

Advertisement

सन् २०२० सम्म ८.९ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीको सम्पत्ति सन् २०२२ मा १ खर्ब अमेरिकी डलर नाघेको थियो । हिन्डनवर्गले अडानी कम्पनीको सेयर मूल्य वास्तविक भन्दा ८५ प्रतिशत बढी भएको जनाएको थियो । बजारमा मूल्यको निर्धारण सामान्य अवस्थामा नाफाबाट गर्ने गरिन्छ ।

बजारले कति गुणा नाफा हुन सक्छ भन्ने अनुमान गर्छ । यसलाई पीई रेसियो अर्थात् मूल्य आम्दानी अनुपात भनेर भनिन्छ । हिन्डनवर्गले अनुसन्धानमा अडानी समूहको सेयर मूल्य नाफाको तुलनामा अत्यधिक बढी भएको उल्लेख गरेको छ । हिन्डनवर्गका अनुसार अडानी ग्रीनको पीई ८१५ गुणा छ ।

Advertisement

यस्तै अडानी टोटल ग्यासको ८३१ गुणा बढी छ । अडानी इन्टरप्राइजेजको पीई ५०८ छ । यही आधारमा हिन्डनवर्गले अडानी समूहको सेयर मूल्य वास्तविकताको तुलनामा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । अडानी ग्रुप आफैंले सेयर मूल्य बढाएको आरोप हिन्डनवर्गले लगाएको छ ।

मौरिससमा कम्पनी खडा गरेर अडानी ग्रुपले आफ्नो सेयर मूल्य बढाएको अनुसन्धानमा उल्लेख गरेको छ । हिन्डनवर्गले गौतम अडानीका दाई विनोदले दुबईबाट यस्तै काम गरिरहेको आरोप लगाएको छ । हिन्डनवर्गले उनीसँग सम्बन्धित ३८ कम्पनी ट्रेस गरेको छ ।

रिपोर्टका अनुसार अडानीको लेखापरीक्षक अनुभवी नभएको तथा सानो कार्यालयबाट चल्ने गरेको आरोप लगाएको छ । हिन्डनवर्गको तेस्रो ठूलो आरोप अडानी समूहले क्षमताभन्दा बढी ऋण लिएको भन्नेमा रहेको छ । रिपोर्टका अनुसार अडानी ग्रुपको कूल ऋण २.२० लाख करोड भारतीय रूपैयाँ रहेको छ ।

अडानीले ऋण सेयर धितो राखेर लिएका छन् । सेयर मूल्य बढाएर लिएको ऋणले मूल्य घट्दा बैंकलाई समस्या पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । रिचर्स आएपछि अडानीले व्यक्तिगत रुपमा ३० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन् । यता अडानी समूहले हिन्डनवर्गको रिपोर्टलाई योजना बनाएर ग्रुपको इमेजलाई बिगार्ने काम भएको प्रतिक्रिया दिएको छ ।

४१३ पेजको रिपोर्टमा जवाफ दिँदै अडानी ग्रुपले भारतमाथि भएको हमला भएको जनाएको छ । अडानी ग्रुपले हिन्डनवर्गले आधा अधुरो रिपोर्ट दिएको उल्लेख गरेको छ । यसको जवाफमा हिन्डनवर्गले राष्ट्रवादको सहारा धोकामाथि पर्दा हाल्न नसकिने जनाएको छ । हिन्डनवर्गले आफ्नो रिपोर्ट शतप्रतिशत सत्य रहेको कानूनी रुपमा रक्षा गर्नसमेत तयार रहेको उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top