सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर

१७ माघ ७९, मंगलबार
Share this
785shares

१७ माघ, काठमाडौं ।

Advertisement

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top