Nepal Times
Nepal Times
3
Shares

थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित/एक जना पक्राउ, पाँच को खोजी हुँदै

थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित/एक जना पक्राउ, पाँच को खोजी हुँदै

१७ माघ, काठमाण्डौ ।
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको छ ।

हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए ।

जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.