साउदीमा किन भयो रोनाल्डोको ब्यापक आलोचना?

१७ माघ, एजेन्सी ।
कीर्तिमानी मूल्यमा साउदी अरबको क्लब अल नासर पुगेको एक महिना पनि नपुग्दै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आलोचना सुरु भएको छ । अल नासर पुगेपछि पनि प्रतिबन्धका कारण उनले दुई खेल खेल्न पाएका थिएनन् । यद्यपी रोनाल्डोले क्लबमा डेब्यु गरिसकेका छन् ।

साउदी अरेबिया सुपर कपमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको आलोचना सुरु भएको हो । खेलका दौरान रोनाल्डोले पाएको अवसरको सदुपयोग गर्न नसक्दा टोलीले हार व्यहोरेको भन्दै यसअघि पनि उनको आलोचना भएको थियो ।

रोनाल्डोको लागि साउदीमा पुगेपछि पहिलो उपाधि उचाल्ने सुन्दर मौका थियो तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन् । टोलीका अन्य खेलाडीले पनि आफूले पाएको अवसर सदुपयोग गर्नुभन्दा रोनाल्डोलाई नै पास दिँदा पनि गोल निस्किन नसकेको भन्दै अन्य खेलाडीको पनि आलोचना भएको थियो ।

Advertisement

अल नासरको हारपछि समर्थकहरुले रोनाल्डोको जर्सीमा स्टम्पिङ गरेको भिडियो अहिले भाइरल भइरहेको छ । अल नासरको हारपछि टोलीका निर्देशक समेत निराश देखिएका थिए । अल नासरका प्रशिक्षक रुडी गार्सियाले पनि रोनाल्डोले आफ्नो टोलीका लागि सुपर कपको उपाधि जित्ने महत्त्वपूर्ण मौका गुमाएको बताएका छन् ।

यसैबीच रुडी गार्सियाले रोनाल्डो युरोप फर्किने पनि बताएका छन् । गार्सियाका अनुसार अल नासरसँगको सम्झौता अन्त्य भएसँगै रोनाल्डो फुटबल खेल्न युरोप फर्किने छन् । रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासरसँग दुई वर्षका लागि सम्झौता गर्दै साउदी आएका हुन् ।

तर सम्झौता अन्त्य हुँदासम्म रोनाल्डोको उमेर ४० वर्ष हुनेछ । रोनाल्डोले गत नोभेम्बरमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए । गार्सियालाई उदृत गर्दै इस्पोर्टसले उल्लेख गरे अनुसार अल नासरसँगको सम्झौता पछि पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो युरोप फर्किनेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top