एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँ तिर्नुपर्ने

१६ माघ ७९, मंगलबार

१७ माघ, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्क घटाएको छ । अर्को बैंकको एटीएम प्रयोग गर्दा यसअघि २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अब २० रुपैयाँ शुल्कलाई १५ बनाएको हो ।

एउटा बैंकको एटीएम प्रयोग गरेर अर्कोबाट रकम निकाल्दा यसअघि हरेक महिना दुईपटकसम्म शुल्क नलाग्ने व्यवस्था थियो । त्यसपछि प्रत्येकपल्ट २० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो । राष्ट्र बैंकले अब पाँच रुपैयाँले शुल्क घटाएर निःशुल्कको सुविधा हटाएको हो । राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ ।

यसअघि, बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ । वालेटबाट अरू बैंकको खातामा पठाउने पैसाको सीमा बढाइएको छ । ५० हजारबाट दुई लाखसम्म पठाउन पाउने सीमा तोकिएको छ ।

एउटा मोबाइल वालेटबाट दिनमा २५ हजार पठाउने सीमालाई बढाएर ५० हजार पु¥याइएको छ । क्यूआर कोडबाट तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ । यसअघि, यसरी दुई लाखसम्मको कारोबार गर्न सकिन्थ्यो । सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)को शुल्क पनि घटाइएको छ ।

तीन हजारसम्मको राजस्व बुझाउँदा पाँच रुपैयाँ शुल्क लाग्ने गरेकामा त्यसलाई पाँच हजार रुपैयाँसम्म तिर्दा पाँच रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । तीन हजार रुपैयाँसम्मको कारोबारमा पाँच रुपैयाँ र पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म आठ रुपैयाँ शुल्क तोकिएको छ ।

यसअघि, तीन हजार एकदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा आठ रुपैयाँ शुल्क लाग्थ्यो । यस्तै, १० हजार एकदेखि माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्नेछ । यसअघि, २० रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top