Nepal Times
Nepal Times
81
Shares

९ केजी सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

९ केजी सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

१९ माघ, एजेन्सी ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुन प्रहरीले बरामद गरेको छ । उक्त सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट नेपाल आउँदै गरेका ती नागरिकको साथबाट ९ केजी १३५ ग्राम सुन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ती नागरिक बुधबार राति काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन् । उनी रातिको १२ बजेर १० मिनेटमा नेपाल आइपुगेका थिए । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

मोहगोबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए ।

उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए । ठूलो परिणाममा सुन भेटिएपछि सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ । यसअघि १९ केजी सुनसहित गत महिना दुई सुडानी पक्राउ परेका थिए ।

बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको उनले बताए । केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.