रविको पक्षमा ओली, निशानामा प्रचण्ड

१८ माघ ७९, बिहीबार

१९ माघ, काठमाण्डौ ।
सर्वाेच्च अदालतको ६ दिन अघिको फैसलापछि लगातार देश भित्र प्रमुख चर्चाको विषय बनिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू मौन नवस्ने बताएका छन् । सर्वाेच्चको आदेशपछि स्वतन्त्र पार्टीले गृहमन्त्रालयका लागि गरेको लविङ र पार्टीको अडानलाई लिएर संचारमाध्याम तथा सामाजिक संजालबाट रविमाथि पदलोलुपता लगायतका गम्भिर विषयहरु उठान गरेपछि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् ।

सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’ ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भनेका छन् ।

७ दलीय गठबन्धनमा सभागि भएर भागबण्डाका आधारमा गृहमन्त्रालय स्वतन्त्रको भागमा परेपछि रवि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर सर्वाेच्चको आदेश पनि नागरिकता खारेज भएसँगै सांसद पद र मन्त्री समेतबाट बर्गिमन भएपछि रविले नयाँ प्रक्रियाबाट कानुनसंवत रुपमा नयाँ नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनले कानूनले दिएको व्यवस्था वमोजिम सांसद विनापनि मन्त्री बन्न पाउने सुविधा वमोजिम गृहका लविङ गरेपछि उनी चौतर्फी निशानामा परेका हुन् ।

Advertisement

यद्यपि पार्टीको अडानका विषयमा सत्तारुढ दलहरुसँग छलफल गर्ने जिम्मेवारी पाएका लामिछाने वा सो पार्टीका कुनैपनि सदस्य तथा पार्टी बैठकले रवि नै मन्त्री बन्ने भन्ने निर्णय गरिसकेको छैन् । गृहमन्त्रालय स्वतन्त्र पार्टीलाई दिने विषयमा प्रमुख सत्तारढ घटक एमाले सकारात्मक रहेको छ भने माओवादी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसको विपक्षमा देखिएका छन् ।

राप्रपा समेत विगतको सहमति वमोजिम गृह स्वतन्त्र पार्टीलाई नै दिनु पर्ने पक्षमा देखिएको छ । आज मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन्।

Advertisement

उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’ ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेकोपनि बताएका छन् । यसअघि प्रधानमन्त्रीसँगको छलफलमा ओलीले गृह स्वतन्त्रलाई दिन सुझाएका थिए भने रविले गृह आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरन सक्ने संकेत दिएका थिए ।

तर प्रधानमन्त्रीले यसका लागि सर्वाेच्चको फैसलाको पूर्णपाठ आउन्जेल पर्खिन रविलाई आग्रह गरेका थिए । सोही विषयमा लक्षित गर्दै ओलीले आज विराटनगरमा प्रधानमन्त्रीमाथि टिप्पणी गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top