×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पारस खड्का क्यानको चुनावमा उम्मेदवार हुन नपाउने

१९ माघ २०७९

१९ माघ, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको अर्ली इलेक्सनको निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण परेको संकटको सुरक्षित अवतरण प्रयासका रुपमा हेरिएको छ ।

किनभने क्रिकेट संघको फ्लागसिप टुर्नामेन्ट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएपछि कार्यसमिति सदस्यहरुले नै अध्यक्षको राजीनामा मागेका थिए । मंगलबार कार्यसमितिको बैठकका लागि पोखरा पुगेका सात सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए । क्यानले निर्वाचनको घोषणा गरेसंगै अब नयाँ नेतृत्वमा को आउँछ भन्नेमा धेरैको चासो बढेको छ ।

Advertisement
Advertisement

अध्यक्षसहित कार्यसमितिमा आउन चाहानेहरुको चर्चा सुरु भएको छ । यसैबीच राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पनि चर्चामा छन् । तर उनले क्यानको आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ ।

विधानको दफा २३ को उपधारा ३ (क)मा भनिएको छ, ‘‘.यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन नुहुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रुपमा निर्वाचित हुन सक्नेछ ।’

यो विधानले पारसलाई क्यान कार्यसमितिमा आउन रोक लगाउने छ । जेठ मसान्तभित्र केन्द्रीय निर्वाचन भए पारस कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैनन् । पारस २०७६ चैतदेखि नै राष्ट्रिय टिममा थिएनन् । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए ।

Advertisement

उनले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । क्रिकेट संघले चार पर्षे कार्यकाल पुरा गरेर चुनाव गर्ने हो भने पारस उम्मेदवार हुन सक्नेछन् । तर आफ्नो कार्यकाल सकिनु चार महिना अगावै निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top