एपबाट कसरी चोरियो लाखौ रकम ?८ जना पक्राउ

२० माघ, काठमाण्डौ ।
‘नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ । ठगि गिरोहले ‘नेपाली केटी’ भन्ने एप्लिकेसन बनाएर वाट्सअपमा लिंक पठाउने र डाउनलोड गर्न लोभ्याउने गरेको प्रहरीको दाबी छ । ललितपुर प्रहरी परिसरले सफ्टवेयरसहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए। त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्।

Advertisement

यस्तै वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि पक्राउ परेका छन्। एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनी व्यवस्थापकको भूमिकामा थिए। उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए।

जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे। ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए। एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए।’यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताएका छन् ।

Advertisement

यसरी एप बनाउने दुई जना युवाहरू छन्। २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकरले एपको विकास गरेको एसएसपी शाह बताउँछन्।‘कहाँबाट सिकेको भनेर हामीले सोधेका थियौं। अनलाइनमार्फत् सिकेको भनेका छन्,’ उनले भने, ‘शैक्षिक योग्यता हेर्दा उनीहरूले प्लस टू मात्रै सकाएको देखियो।

पहिले कुनै आपराधिक पृष्ठभूमिमा भएको पनि पाएनौं।’ उनीहरूले इ वालेटबाट विभिन्न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

यस्तै परिसरमा एक जना, साइबर ब्युरोमा ७ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी गरेका छन्। साइबर ब्युरोमा २६ लाख ९१ हजार ६५० रुपैयाँ र अपराध अनुसन्धान कार्यालयमा २० लाखसम्म ठगिएको उजुरी परेको हो।

उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top