NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

स्वतन्त्रले सरकार छाड्यो, समर्थन कायमै

आइतवार माघ २२ , २०७९
Reading Time: 1 min read
A A
रास्वपा सरकारबाट बाहिरिएसँगै ५ मन्त्रालय मन्त्रीविहीन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२२ माघ, काठमाण्डौ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सहभागी भएको ४२ दिनमै रविको पार्टी सरकारबाट फिर्ता भएको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको सभापति रवि लामिछानेले बताएका छन् । स्वतन्त्रलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यससँगै रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री डा. तोसिमा कार्कीले आज राजीनामा दिने भएका हुन् । अर्याल श्रममन्त्री खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री थिए ।

लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् । पत्रकार सम्मेलनमा सो प्रष्टीकरण दिएका हुन् । उनले आफू गृहमन्त्रीबाट हटेपछि आफ्ना लागि कहिल्यै गृहमन्त्री नमागेको पनि बताएका छन् । अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरे ।

अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ छ । लामिछानेले भने, ‘मैले नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन । मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ ।

तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ ।’ रविले थपे, ‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ । मैले कसको कहाँ के बिराएँ ? भोलि कानून संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ । म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’

पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् । आजको स्वतन्त्रको बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने र बाहिरिनुपर्ने दुवै मत थियो ।

रास्वपा बाहिरिए पनि सरकार अल्पमतमा भने पर्ने छैन । नयाँ पार्टी गठनको ६ महिनामा भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको थियो । समग्रमा चौथो दल बनेको रास्वपा सरकारमा एमाले र माओवादीपछि तेस्रो ठूलो शक्तिका रूपमा थियो ।

हाल रास्वपाका १९ सांसद छन् । ११ पुसमा लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए । पछि मन्त्रिपरिषद् विस्तारमा रास्वपाबाट शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याल मन्त्री भएका थिए । डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । रास्वपाका इन्दिरा राना मगर उपसभामुख चयन भइसकेकी छिन् ।

Tags: #समर्थन कायमै#स्वतन्त्रले सरकार छाड्यो

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.