विराटनगरको निमार्ण कन्सल्टिङ प्रालिले पायो उत्कृष्ट अवार्ड

२२ माघ ७९, सोमबार

२२ माघ, विराटनगर । विगत केही समय यता विराटनगरमा रहेर घर तथा विभिन्न प्रकारका भवनहरुको निमार्णका लागि नक्सा निमार्णदेखि आवश्यक परामर्श प्रदान गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालि भारतीय अवार्डबाट सम्मानित भएको छ ।

ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाको आयोजनामा भएको “आर्किटेक्चर रिकनेक्ट समिट“ वर्ल्ड वाइड कार्यक्रममा निर्माण कन्सल्टिङले “एक्सिलेन्स इन क्रिएट आउटस्ट्यान्डिङ रेसिडेन्सियल स्पेस“ अवार्ड प्राप्त गरेको हो ।

Advertisement

नेपालमा पहिलो पटक काठमाडौंमा आयोजना भएको कार्यक्रममा देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुको सहभागिता रहेको थियो । नेपालका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुलाई एकै छानामुनि राख्ने उद्धेश्यले “आर्किटेक्चर रिकनेक्ट समिट“ आयोजना गरिएको ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाले जनाएको छ ।

प्रविधिको प्रयोग गर्दै सुविधाजनक तरीकाबाट भौतिक पूर्वाधार निमाण गर्ने र नयाँ टेक्नोलोजी अथवा नयाँ टेक्निकल प्रोडक्टहरुहरुलाई उपयोग गरी निर्माण कार्यमा किफायती बनाउने कामलाई समिटले जोड दिएको समिटमा सम्मानित भएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिका प्रवन्ध निर्देशक अम्मार हसनले बताए । उनले स्थापनाको छोटो समयमै देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुबाट सम्मानित हुने संस्थाको प्रतिनिधि हुन् पाएकोमा आफूलाई गर्वलागेको बताए ।

विराटनगरबाट सम्मानित हुने एकमात्र कम्पनी हुन् पाएकोमा खुशी ब्यक्त गर्दै हसनले यसको श्रेय भने सम्पूर्ण निमार्ण कन्सल्टिङ टिमलाई जाने बताए । उनले अवार्डले उत्साहसँगै थप जिम्मेवारी समेत थपेको बताउँदै अब संस्थाको कामलाई निखार्दै लैजाने बताएका छन् ।

२०१८ मा विराटनगर ६ मा स्थापना भएको निर्माण कन्सल्टिङ इन्जिनियर्स दक्ष इन्जिनियरहरु रहेको एक कम्पनी हो । कप्पनीले यो छोटो अवधिमा सयौ घर र भवनहरुको नक्सा निमार्णको काम गरिसकेको छ ।

पछिल्लो समय आफ्नो सेवाको क्षेत्रलाई विस्तार गर्दै कम्पनीले आधुनिक प्रविधिका घर तथा भवन निमार्णको काम समेत सुरु गरेको निर्देशक हसनले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top