×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प/ ९० भन्दा बढीको मृत्यु

२३ माघ २०७९

२३ माघ, एजेन्सी ।
टर्कीमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियनटेपमा आज बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो ।

यूएसजीएसले यहाँ जनधनको ठूलै क्षति हुने सम्भावना रहेको जनाएको छ । यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो । अहिलेसम्म प्राप्त जानकारीअनुसार भूकम्पमा परी टर्की र सिरियामा गरी कम्तीमा ९० जना बढी नागरिकको मृत्यु भएको छ । मृतक मध्ये ४२ जना सिरियाका रहेका छन् ।

Advertisement
Advertisement

अहिले पराकम्प गइरहेको र उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगै त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् । भूकम्प प्रभावित क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यसैबीच टर्की सरकारले संकटकाल घोषणा गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘काहनेमर्सलगायत देशका अन्य क्षेत्रमा भूकम्पबाट प्रभावित हाम्रा नागरिकहरूप्रति म संवेदना प्रकट गर्दछु। हाम्रा सबै उद्धार टोलीहरू एएफएडीसँगको समन्वयमा सक्रिय रूपमा काम गरिरहेका छन्।’

Advertisement

भूकम्पबाट भएका जनधन क्षतिबारे विस्तृत विवरण आउन भने बाँकी छ । टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताएका छन् । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top