Nepal Times
Nepal Times
1.04k
Shares

विराटनगरको निमार्ण कन्सल्टिङ प्रालिले पायो उत्कृष्ट अवार्ड

विराटनगरको निमार्ण कन्सल्टिङ प्रालिले पायो उत्कृष्ट अवार्ड

२२ माघ, विराटनगर । विगत केही समय यता विराटनगरमा रहेर घर तथा विभिन्न प्रकारका भवनहरुको निमार्णका लागि नक्सा निमार्णदेखि आवश्यक परामर्श प्रदान गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालि भारतीय अवार्डबाट सम्मानित भएको छ ।

ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाको आयोजनामा भएको “आर्किटेक्चर रिकनेक्ट समिट“ वर्ल्ड वाइड कार्यक्रममा निर्माण कन्सल्टिङले “एक्सिलेन्स इन क्रिएट आउटस्ट्यान्डिङ रेसिडेन्सियल स्पेस“ अवार्ड प्राप्त गरेको हो ।

नेपालमा पहिलो पटक काठमाडौंमा आयोजना भएको कार्यक्रममा देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुको सहभागिता रहेको थियो । नेपालका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुलाई एकै छानामुनि राख्ने उद्धेश्यले “आर्किटेक्चर रिकनेक्ट समिट“ आयोजना गरिएको ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाले जनाएको छ ।

प्रविधिको प्रयोग गर्दै सुविधाजनक तरीकाबाट भौतिक पूर्वाधार निमाण गर्ने र नयाँ टेक्नोलोजी अथवा नयाँ टेक्निकल प्रोडक्टहरुहरुलाई उपयोग गरी निर्माण कार्यमा किफायती बनाउने कामलाई समिटले जोड दिएको समिटमा सम्मानित भएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिका प्रवन्ध निर्देशक अम्मार हसनले बताए । उनले स्थापनाको छोटो समयमै देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुबाट सम्मानित हुने संस्थाको प्रतिनिधि हुन् पाएकोमा आफूलाई गर्वलागेको बताए ।

विराटनगरबाट सम्मानित हुने एकमात्र कम्पनी हुन् पाएकोमा खुशी ब्यक्त गर्दै हसनले यसको श्रेय भने सम्पूर्ण निमार्ण कन्सल्टिङ टिमलाई जाने बताए । उनले अवार्डले उत्साहसँगै थप जिम्मेवारी समेत थपेको बताउँदै अब संस्थाको कामलाई निखार्दै लैजाने बताएका छन् ।

२०१८ मा विराटनगर ६ मा स्थापना भएको निर्माण कन्सल्टिङ इन्जिनियर्स दक्ष इन्जिनियरहरु रहेको एक कम्पनी हो । कप्पनीले यो छोटो अवधिमा सयौ घर र भवनहरुको नक्सा निमार्णको काम गरिसकेको छ ।

पछिल्लो समय आफ्नो सेवाको क्षेत्रलाई विस्तार गर्दै कम्पनीले आधुनिक प्रविधिका घर तथा भवन निमार्णको काम समेत सुरु गरेको निर्देशक हसनले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.