Nepal Times
Nepal Times
54
Shares

इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

२३ माघ,एजेन्सी ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलमा रहेका १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ ।

उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनअघि लिइएको हो । करिब पाँच महिनाअघि २२ वर्षीय महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृङ्खला सुरु भयो । हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् ।

यी मानिसहरू देशको मोरालिटी प्रहरीको कठोरता र मनोमानीपनको विरोध गरिरहेका छन् । त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौँलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनलाई विदेशी समर्थनले हुने ‘दङ्गा’ भनेका छन् । हालसम्म ५०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार सङ्गठनहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.