×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानी क्रिकेटर रिजवानले सन्दीपलाई भेटेर के भने ?

२३ माघ २०७९

२३ माघ, काठमाण्डौ ।
पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका छन् । आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।

रिजवानले सन्दीपलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताएका थिए । चन्दका अनुशार सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए । बलात्कार आरोप लागेका सन्दीपलाई क्रिकेट प्रति हौसला प्रदान गर्न रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) उच्च स्रोतले जानकारी दिएको छ ।

Advertisement

सन्दीपलाई रिजवानले आइतबार नै भेटेर हौसला प्रदान गरेका छन् । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट नेपाल आइपुगेको बुझिएको छ । सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेका छ । जसको आलोचना समेत भइरहेको छ ।

निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् । रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन् । विश्व टि२० आई वरियता दोस्रो स्थाननमा रहेका रिजवानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानले विश्व क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दा रिजवान र बाबर आजम नायक बन्दै आएका छन् ।

भारतीय विकेटकिपर दीनेश कार्तिकले पनि नेपाल आएर सन्दीपलाई भेट्ने इच्छा गरेको बुझिएको छ । गत मंगलबार पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । शुक्रबारदेखि सन्दीपले सिनियर टोलीसँग बन्द प्रशिक्षणमा सामेल भएका थिए । एक हप्तापछि घरेलु मैदान टियुमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top