×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त

२४ माघ २०७९

२४ माघ, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मुख्य प्रशिक्षक जेसी मार्र्स बर्खास्तीमा परेका छन् । आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेको हो । उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् ।

मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरिएको छ । गत सिजन पनि रेलिगेसनबाट मुस्किलले बचेको लिड्सले यो सिजन प्रिमियर लिगको पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । लिड्स अहिले पनि गोल भिन्नतामा रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

Advertisement
Advertisement

लिड्सले पछिल्लोपटक ५ नोभेम्वर २०२२ मा बर्नमाउथलाई ४–३ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा ३ बराबरी र ४ हारको नतिजा छ । ४९ वर्षीय अमेरिकी मार्सले गत वर्षको फेब्रुअरीमा मार्सेलो बिएल्साको उत्तराधिकारी बनेका थिए । उनले त्यसबेला टोलीलाई १७औं स्थानमा राख्दै रेलिगेसन टारेको थियो ।

लिड्सले बुधवार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आइतवार फेरि एलान्ड रोडमा खेल्नेछ । गत हप्ता मात्र मार्सको सहायकको रूपमा नियुक्त भएका प्रशिक्षक माइकल स्कुबाला, पाको ग्यालार्डो र क्रिस आर्मासले म्यानचेस्टरमा बुधबार हुने खेलको लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

यता इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेको छ । प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको छ । प्रिमियर लिगले सिटीलाई सन् २००९ देखि २०१८ को बीचमा कथित नियम उल्लंङघनको लागि एक स्वतन्त्र आयोगलाई पठाएको छ ।

सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सिटीले सहयोग नगरेको पनि आरोप लगाएको छ । सिटीले आरोप आश्चर्यजनक रहेको र यो आरोप अकाट्य प्रमाणको निकायद्वारा समर्थित रहेको बताएका छन् । अब आयोगले जरिवाना र अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्मको सजाय तोक्न सक्छ ।

Advertisement
Advertisement

‘म्यानचेस्टर सिटी प्रिमियर लिग नियमहरूको यी कथित उल्लंघनहरू जारी गरेर छक्क परेको छ, विशेष गरी व्यापक संलग्नता र विस्तृत सामग्रीको ठूलो मात्रा इपिएललाई प्रदान गरिएको छ ।’ क्लबले एक विज्ञप्तिमा उल्लेख गरेको छ । ‘क्लब एक स्वतन्त्र आयोगद्वारा यस मामिलाको समीक्षालाई स्वागत गर्दछ, निष्पक्ष रूपमा आफ्नो स्थितिको समर्थनमा अवस्थित अकाट्य प्रमाणहरूको विस्तृत निकायलाई विचार गर्न आग्रह गर्दछौं ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top