Nepal Times
Nepal Times
3
Shares

लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त

लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त

२४ माघ, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मुख्य प्रशिक्षक जेसी मार्र्स बर्खास्तीमा परेका छन् । आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेको हो । उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् ।

मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरिएको छ । गत सिजन पनि रेलिगेसनबाट मुस्किलले बचेको लिड्सले यो सिजन प्रिमियर लिगको पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । लिड्स अहिले पनि गोल भिन्नतामा रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

लिड्सले पछिल्लोपटक ५ नोभेम्वर २०२२ मा बर्नमाउथलाई ४–३ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा ३ बराबरी र ४ हारको नतिजा छ । ४९ वर्षीय अमेरिकी मार्सले गत वर्षको फेब्रुअरीमा मार्सेलो बिएल्साको उत्तराधिकारी बनेका थिए । उनले त्यसबेला टोलीलाई १७औं स्थानमा राख्दै रेलिगेसन टारेको थियो ।

लिड्सले बुधवार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आइतवार फेरि एलान्ड रोडमा खेल्नेछ । गत हप्ता मात्र मार्सको सहायकको रूपमा नियुक्त भएका प्रशिक्षक माइकल स्कुबाला, पाको ग्यालार्डो र क्रिस आर्मासले म्यानचेस्टरमा बुधबार हुने खेलको लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

यता इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेको छ । प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको छ । प्रिमियर लिगले सिटीलाई सन् २००९ देखि २०१८ को बीचमा कथित नियम उल्लंङघनको लागि एक स्वतन्त्र आयोगलाई पठाएको छ ।

सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सिटीले सहयोग नगरेको पनि आरोप लगाएको छ । सिटीले आरोप आश्चर्यजनक रहेको र यो आरोप अकाट्य प्रमाणको निकायद्वारा समर्थित रहेको बताएका छन् । अब आयोगले जरिवाना र अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्मको सजाय तोक्न सक्छ ।

‘म्यानचेस्टर सिटी प्रिमियर लिग नियमहरूको यी कथित उल्लंघनहरू जारी गरेर छक्क परेको छ, विशेष गरी व्यापक संलग्नता र विस्तृत सामग्रीको ठूलो मात्रा इपिएललाई प्रदान गरिएको छ ।’ क्लबले एक विज्ञप्तिमा उल्लेख गरेको छ । ‘क्लब एक स्वतन्त्र आयोगद्वारा यस मामिलाको समीक्षालाई स्वागत गर्दछ, निष्पक्ष रूपमा आफ्नो स्थितिको समर्थनमा अवस्थित अकाट्य प्रमाणहरूको विस्तृत निकायलाई विचार गर्न आग्रह गर्दछौं ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.