आज नेप्सेमा ७६ अंकको वृद्धि

२३ माघ ७९, मंगलबार

२४ माघ,काठमाडौं ।

मंगलबार नेप्से  परिसूचक ७६.६४ अंकले बढेको छ।यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ।

मंगलबार २६० वटा धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको हो।मंगलबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।यस दिन बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

Advertisement

यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः २८३ रुपैयाँ ८० पैसा, २६७ रुपैयाँ ३० पैसा, २७८ रुपैयाँ ३० पैसा र दुई हजार ५६७ रुपैयाँ १० पैसा पुगेको छ। सर्वाधिक मूल्य घट्नेमा १२.५५ आइसिएफसी फाइनान्स डिवेञ्चर २०८३ रहेको छ।

उक्त डिवेञ्चरको मूल्य ५.९० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य एक हजार १२ रुपैयाँ २० पैसामा झरेको छ।यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ८३५ रुपैयाँमा १२ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ।उक्त कम्पनीको ३१४ रुपैयाँ ४० पैसामा ११ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ।त्यस्तै, वित्त समूहको परिसूचक ५.९४ प्रतिशत, जलविद्युत समूहको परिसूचक ५.३३ प्रतिशत र विकास बैंक समूहको परिसूचक ५.९६ प्रतिशतले बढेको हो।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top