साफ महिला च्याम्पियनसिपमा नेपाल भर्सेस भारत

२४ माघ, एजेन्सी ।
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्थत राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

Advertisement

नेपाल र भारतबीचको उक्त खेल आज दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ। नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ। नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।

Advertisement

पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top