जासुसी बेलुनको पर्दाफास, बाइडेनले दिए चेतावनी

Share this
793shares

२४ माघ, एजेन्सी ।
अमेरिकी लडाकु विमानले चिनियाँ जासूस बेलुनलाई खसालेपछि चीन आक्रोशित भएको छ। योसँगै अमेरिकाले जासुसी बेलुनको पर्दाफास गर्न थालेको छ । अमेरिकाले यो चिनियाँ जासुसी बेलुन २०० फिट अग्लो रहेको र ठूला यात्रु विमान जत्तिकै तौल भएको पेलोड बोकेको जनाएको छ । धेरै विज्ञहरूले यो बेलुनमा विस्फोटक पदार्थ पनि जोडिएको हुनसक्ने बताएका छन् ।

Advertisement

योसँगै अमेरिकी नौसेनाले पनि अनुसन्धान सुरु गरेको छ । पेन्टागनका एक अधिकारीले बेलुनमा विस्फोटक पदार्थ हुन सक्ने पुष्टि गरेका छन् । अमेरिकाको आशा छ कि यसको भग्नावशेषले चीनको सम्पूर्ण जासुसी नेटवर्कको बारेमा ठूलो खुलासा गर्न सक्छ।

द टेलिग्राफको रिपोर्टका अनुसार यो बेलुनको तौल हजारौं किलो थियो र त्यसमा विस्फोटक पदार्थ पनि राखिएको थियो । यसअघि अमेरिकी एफ–२२ लडाकु विमानले यो बेलुन खसालेको थियो । अमेरिकी अधिकारीहरूले साउथ क्यारोलिनाको समुन्द्र मुनिबाट यसको भग्नावशेष निकालिरहेका छन्।

Advertisement

चिनियाँ जासुसी बेलुनका कारण अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ र अमेरिकी विदेशमन्त्रीले आफ्नो चीन भ्रमण पनि स्थगित गरेका छन् । पेन्टागनले अमेरिकी नौसेनाले सोनार प्रयोग गरेर यो बेलुनको भग्नावशेष हटाउन प्रयास गरिरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरीले यस जासुसी बेलुनको भग्नावशेषले चीनको जासुसी बेलुनको बारेमा धेरै जानकारी प्राप्त गर्ने ठूलो अवसर प्रदान गर्ने बताएका छन् । चिनियाँ बेलुनको भग्नावशेष निकाल्न सकियोस् भनेर यसलाई समुन्द्रमा फ्याँकिएको उनले बताएका छन् ।

Advertisement

अमेरिकी वायुसेना जनरल ग्लेन भानहर्कले चिनियाँ बेलुनमा यात्रु विमान बराबरको पेलोड रहेको पत्ता लगाएका थिए । जनरल भानहेर्कले भनेका छन् कि यसमा अत्यधिक पेलोड थियो र सम्भवतः आफैलाई नष्ट गर्न विस्फोटक पदार्थहरूले सुसज्जित थियो। विज्ञहरुले १५ वटा फुटबल मैदान बराबरको क्षेत्रमा यसको भग्नावशेष खोजीरहेको उनले बताएका छन् ।

पेन्टागनले यो पनि खुलासा गरेको छ कि डोनाल्ड ट्रम्पको पालामा पनि चीनका जासुसी बेलुन अमेरिकाका विभिन्न क्षेत्रमा केही समय देखिन्थ्यो। यता बाइडेनले चीनले अमेरिकी महाद्वीपमा बेलुन उडाउने साहसी कार्य गरेको भन्दै तिनीहरू चिनियाँ सरकार भएको टिप्पणी गरेका छन् ।

बाइडेनले ह्वाइट हाउसमा भनेका छन् “उनीहरू चिनियाँ सरकार हुन्।“ “बेलुन र अमेरिकाको जासुसी गर्ने प्रयास चीनबाट आशा गर्न सकिन्छ। प्रश्न यो हो कि जब हामीले चीनलाई उनीहरू के गर्दैछ भनेर सोधेका थियौं, जहाँ उनीहरूले यो बेलुन होइन भनेर अस्वीकार गरेनन्। उनीहरुले यसको पछाडिको नियतलाई मात्रै अस्वीकार गरेका छन् ।”

अर्को प्रश्नको जवाफ दिँदै राष्ट्रपतिले भनेका छन् “चीनलाई विश्वास गर्ने कुरा होइन, हामीले मिलेर काम गर्ने कि गर्ने भन्ने निर्णय गर्ने समय आएको छ र हामीसँग के विकल्प छन् । उनले भने, ‘हामीले के गर्ने भन्ने कुरा चीनलाई स्पष्ट गरिसकेका छौं । अब हामी पछि हट्नेवाला छैनौं। हामीले सही कदम चाल्यौं। सम्बन्ध कमजोर वा बलियो हुनुको कुरो होइन, यो यथार्थ हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top