हेल्मेटभित्र लुकाएको १८ लाख नगदसहित दुई भारतिय पक्राउ

२५ माघ ७९, बिहीबार

२५ माघ , काठमाडौं ।

पर्साको वीरगन्जमा स्रोत नखुलेको १८ लाख रूपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १६ मा पर्ने वीरगन्ज रक्सौल सडकखण्डबाट बुधबार दुई जनालाई नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

भारतका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलिया कमाण्डको टोलीले उक्त रूपैयाँसहित पक्रेको होभारतीय नम्बर प्लेटका दुइटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रूपैयाँ बरामद भएको हो।

Advertisement

यस्तै प्रतिबन्धित ५ सय दरका चार थान भारतीय रूपैयाँ समेत फेला परेका थियो।उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको डिएसपी थापाले बताए।उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top