फिफाको गोलकिपर अवार्डमा मार्टिनेजलाई चुनौती/ कसले जित्ला अवार्ड ?

२६ माघ, एजेन्सी ।
फिफाले प्रदान गर्ने उत्कृष्ट गोलकिपरका लागि प्रमुख तीन जना प्रतिस्पर्धी छानिएका छन् । विश्वकप विजेता इमिलियानो मार्टिनेजलाई फिफाले प्रदान गर्ने उत्कृष्ट गोलकिपर अवार्डमा थिबाउट कोर्टुवा र यासिन बोनोले चुनौती प्रस्तुत गर्ने भएका छन् । फिफाको गोलकिपर अवार्डका लागि पाँच गोलकिपर मनोनयनमा परेका थिए ।

जसमा सन् २०२१ को अगस्टदेखि २०२२ को डिसेम्बरसम्ममा गरेको उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर समेटिएका थिए । तर, समर्थक खेलाडी, टिमका प्रशिक्षक र कप्तानहरुबाट आएको भोटप्रति ब्राजिलका एलिसन बेकर र एन्डरसन बाहिरिएपछि मार्टिनेज, बेल्जियमका कोर्टुवा र मोरोक्कोका बोनो शीर्ष तीनभित्र रहन सफल भएका हुन् ।

अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स्’ जितेका थिए । फाइनलमा फ्रान्सविरुद्ध मार्टिनेजले अतिरिक्त समयको इन्जुरी टाइममा र्यान्डल कोलो मुआनीको उत्कृष्ट प्रहार र पेनाल्टी सुटआउटमा एक प्रहार जोगाउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउँन सहयोग गरेका थिए । बोनो पनि कतार विश्वकपछि नै समर्थकमाझ चर्चाको पात्र बनेका थिए ।

मोरोक्को अफ्रिका महादेशबाट पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने टिम बन्दा उनको साधारण प्रदर्शनको साथ पाएको थियो । उनी अर्जेन्टिनी गोलकिपर मार्टिनेजसँगै सर्वाधिक तीन खेलमा ‘क्लिन सिट’ राख्ने गोलकिपर बनेका थिए । बेल्जियमका कोर्टुवाले रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा ५९ सेभ र पाँच खेलमा ‘क्लिन सिट’ राखेका थिए । कोर्टुवाले फाइनलमा मात्र लिभरपुलविरुद्ध नौ सेभ गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top