९ कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक विदेशी मुद्राहरूको विनिमयदर अनुसार अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको विनिमयदर स्थिर रहेको छ भने युरो र अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य बढ्यो ।
पाउन्ड स्टर्लिङलगायत केही मुद्राको मूल्य भने घट्यो ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ भने कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा कायम ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण ।

युरो एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा उल्लेख गरिएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा पुग्यो ।
यसैगरी, पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार परिवर्तन हुन सक्ने ।



