Nepal Times
Nepal Times
27
Shares

आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी

२६ माघ,काठमाण्डौ ।

हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो तीन अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको पाँच करोड ८६ लाख र नबिल बैंकको पाँच करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।आज बाराही हाइड्रोको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.