Nepal Times
Nepal Times
234
Shares

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच बालुवाटारमा भेटवार्ता

२६ माघ, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापा भेटवार्ता भएको हो । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बुझिएको छ ।

महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् ।

कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरू पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।माओवादीबाट पनि निर्वाचनअघिको गठबन्धन ब्युँताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप–महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल लगायतका नेताहरू वातावरण निर्माणमा लागेको बताइन्छ ।

माओवादी नेतासँगको संवादमा रहेका महामन्त्री थापा गठबन्धन ब्युँतिने परिस्थिति बन्दै गएको दाबी गर्छन् ।प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड र माओवादीका दोस्रो तहका नेतासँगको छलफलमा कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।कांग्रेस नेताहरूसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरूको दाबी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.