सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य

२७ माघ, एजेन्सी ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले तहसनहस बनाएको छ । हालसम्म दुवै देशमा २१ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीमा मात्रै १८ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने सिरियामा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

दुवै देशका धेरै क्षेत्र अझै पनि राहत र उद्धार टोली पुग्न सकेको छैन। यस भूकम्पका कारण सबैभन्दा बढी क्षति टर्कीमा भएको छ भने सिरियाको अवस्था पनि निकै खराब छ । विश्वका ७० भन्दा बढी देशले टर्कीमा राहत सामग्री र उद्धार टोली पठाएका छन् तर सिरियाले बेवास्ता गरेको छ ।

यसप्रति सिरियाली राष्ट्रपति बसर अल असदले आक्रोश व्यक्त गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल–असदले ट्वीट गरे कि पश्चिमले भनेको छ कि उनीहरूले सहायता पठाएनन् किनभने हाम्रो सरकारले “यसको लागि मागेको थिएन। “ के त्यहाँ भत्किएका भवनहरू र मृतकहरूको तस्बिरहरू पर्याप्त छैनन्? वा के तिनीहरू सिरियालीहरू भाँचिएको खुट्टामा भिख माग्न चाहन्छन् ?

असदले यो ट्विट अरबी भाषामा पनि सेयर गरेका छन् । सिरिया पहिले नै इस्लामिक स्टेटको आतंकबाट त्रसित छ। यसैबीच भूकम्पले सिरियाली जनताको पीडा थपिएको छ । सिरियाली सरकार नियन्त्रित एलेप्पो सहरमा उद्धारकर्मीहरूले बिहीबार सहरको भत्किएको भवनबाट सात जनालाई जिवितै निकालेका छन् भने थप ४४ जनाको शव निकालेका छन्।

टर्कीसँग सीमा जोडिएका धेरै क्षेत्रको अवस्था पनि त्यस्तै छ। संयुक्त राष्ट्र संघ बाहेकका अधिकांश निकायले सुरक्षा कारणले सिरियामा राहत र उद्धार कार्य सञ्चालन गरिरहेका छैनन् । विश्व बैंकले समेत टर्कीलाई राहत र रिकभरी सहयोगमा १.७८ बिलियन डलर दिने वाचा गरेको छ। तर सिरियाका लागि मौन रहेको छ ।

यस्तो अवस्थामा स्थानीय बासिन्दाले मात्रै भग्नावशेषमा पुरिएका मानिसको उद्दारको काम गरिरहेका छन् । सिरियामा बसर अल असद लामो समयदेखि राष्ट्रपति पदमा छन् । गत वर्ष भएको निर्वाचनमा पनि असद विजयी भएका थिए ।

त्यसपछि पश्चिमी देशहरूले सिरियाको चुनावमा भारी धाँधली भएको र असदको जित शंकास्पद भएको आरोप लगाएका थिए। यस्तो अवस्थामा अमेरिकाको नेतृत्वमा रहेका देशहरूले असदलाई राष्ट्रप्रमुखका रूपमा मान्यता दिएका छैनन् ।

असदलाई रुसको निकट मानिन्छ। असदले इस्लामिक स्टेट विरुद्धको युद्धमा रुसलाई सहयोग गरेर अमेरिकाको विरोध गरेका थिए । जसका कारण अमेरिकी सेना सिरिया छोडेर बाहिरिनु परेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top